काठमाडाैं महानगरपालिकाले सामाखुसी खोला सफा गर्न थालेको छ । बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाएर महानगरले खोला सफा गर्न थालेको हो।
महानगरले उक्त खोलामा झन्डै तीन किलोमिटर स्ल्याब हटाउन लागेको हो ।
.jpg)
खोला पुरानै स्वरुपमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फलामको बार लगाइने महानगरले जनाएको छ । खोला मिचेर बनाइएका घरहरु पनि बिस्तारै भत्काउने बताइएकाे छ । महानगरले खोलाको दायाँबायाँ बाटो निर्माण गरे वृक्षरोपण गर्नेसमेत जनाएको छ ।
.jpg)
यही साउन ७ गते उक्त खोलामा भानुभक्त स्कुलमा अध्ययनरत १३ वर्षीय बालक साजन मगर खसेका थिए । खोलामाथि स्ल्याब नहुँदा खसेर बेपत्ता भएका उनको शव ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ स्थित नदी किनारमा भेटिएको थियो।





























प्रतिक्रिया