गृहमन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रजिअ पठायो

गृहमन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रजिअ पठायो

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ।

जाजरकोटको रिक्त प्रजिअमा उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवाको माग गरेको हुनाले उनको ठाउँमा उपसचिव शरदकुमार पोखरेललाई जिम्मेवारी दिइएको छ। 

सुनार मोरङमा सहायक प्रजिअका रूपमा कार्यरत थिए। बाँकेमा सहायक प्रजिअ तथा डोल्पा र बझाङमा प्रजिअ भइसकेको अनुभव रहेको छ। त्यस्तै पोखरेललाई मुगु र दार्चुलाको प्रजिअ भइसकेको अनुभव छ। राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताब खानाको निर्देशक समेत रहेका उनले काठमाडौँ,तनहुँ,धनुषा र मोरङमा सहायक प्रजिअ भएर काम गरेका छन्। 

Skip This
Skip This
Logo