विगतको सरकारको गल्ती हो भनेर सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैनः अध्यक्ष सिंह

विगतको सरकारको गल्ती हो भनेर सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैनः अध्यक्ष सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानी, म्याद थपलगायतका नौ बुँदे माग राख्दै विरोध प्रदर्र्शन गरेको छ ।

महासंघले बुधबार काठमाडौंमा सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टीबाँधेर विरोध प्रदर्शन गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार आफुहरुले सरकारलाई काम गर्ने कार्यतालिका दिने र सरकारले आफुहरुलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्ने बताए । 

उनले भने ‘सरकारलाई काम गर्ने कार्यतालिका हामी दिन्छौं । सरकारले हामीलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्छ । यो विगतको सरकारले गरेको गल्ती हो भनेर सरकार पन्छिरहेको छ । यसको लागि प्रधानमन्त्री र अर्थमन्त्री जिम्मेवार हुनुपर्छ ।’ अध्यक्ष सिंहले राज्यले आफ्नो आन्दोलनलाई स्वीकारेर माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए । राज्यले यसको जिम्मेवारी नलिने हो भने निमार्ण व्यवसाय अगाडि बढ्न नसक्ने उनको भनाई छ ।
 

Logo