तस्करीको सुन आज गालिँदै

तस्करीको सुन आज गालिँदै

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन आज गालिने भएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा सो सुन गालिनेछ।

बिहान साढे १० बजेदेखि गाल्ने कार्य हुने महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए। यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो। मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो।

सोमबार (हिजो) टक्सार महाशाखामा ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको निर्देशक आचार्यले जानकारी दिए। 

Logo