नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा हुने भएको छ ।
बलात्कार आरोप लागेका लामिछाने पछिल्लोपटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे यता मुद्दाले निरन्तरता पाउन सकेको थिएन।
आज पनि सन्दीपको मुद्दामा फैसला नभएमा उनी यही भदौ ३० गतेदेखि हुने एसियाकप क्रिकेट खेल्न पाकिस्तान र श्रीलंका जाने सम्भावना निकै कम हुनेछ। फैसला चरणमा रहेको मुद्दाको पेसी विभिन्न बहानामा पटक–पटक धकेलिँदै आएको छ।
लामिछाने पक्षले ‘गौशाला’ २५ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । त्यसरी पेस गरिएको जन्मदर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ हुन लागेको हो ।































प्रतिक्रिया