बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार)ले नेपाल भारतको अभिन्न अंग भएको बताएका छन् ।
शुक्रबार काठमाडौं आएका वागेश्वर धाम सरकार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै शास्त्रीले सनातन हिन्दू धर्मको पक्षमा नेपाल र भारत सँगसँगै रहेको चर्चा पनि गरे ।
सम्बोधनमा उनले नेपाल भारतको मित्र देश भएको चर्चा गर्दै भारतसंग कांधमा कांध मिलाएर पूरा संसारमा सनातनको झण्डा फैलाउने देश भएको बताए । उनले भने ‘यो यस्तो भक्तिको भूमि हो माताजानकीको नगरी हो, नेपाल भारतको एक अभिन्न अंग, भारतको मित्र देश भारतसंग कांधमा कांध मिलाएर पूरा संसारमा सनातनको झण्डा फैलाउने देश हो ।’
शास्त्रीले नेपालभन्दा सनाथ अरु कुनै राष्ट्र नभएको बताएका छन् । उनले भने, ‘अनाथत्यो हुन्छ जसको कोहीनाथ छैन । कसले भन्छ नेपाल अनाथ हो भनेर नेपालमा पशुपतिनाथ छ ।’
चौधरी ग्रुप एवं सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्तकथा वाचन गर्न बागेश्वर बाबा नेपाल आइपुगेका हुन् । बागेश्वरधाम सरकारका नामले चर्चित धिरेन्द्र शास्त्री आध्यात्मिकगुरुका रूपमा परिचित छन् । उनी उत्तिकै विवादास्पद पनि मानिन्छन् । उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको पक्षमा आफ्नो प्रवचन राख्दै आएका छन् ।





























प्रतिक्रिया