स्कुलभित्र पसेको भैंसी समात्न प्रहरीले बोलायो वनको टोली

स्कुलभित्र पसेको भैंसी समात्न प्रहरीले बोलायो वनको टोली

केन्द्रबिन्दु
0
Shares

बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसी नियन्त्रणमा लिन प्रहरीले वन कार्यालयको टोलीलाई बाेलाएकाे छ।

डिभिजन वन कार्यालयका वन अपराध नियन्त्रण  इकाइ अधिकृत अशोक पराजुलीका अनुसार प्राविधिक टोलीले डार्ट गरेर भैंसीलाई नियन्त्रणमा लिने तयारी भइरहेको बताए।

भैंसी विद्यालयभित्र छिरेपछि विद्यालयले आज भुईंतलामा विद्यार्थीहरुलाई राखेको छैन। भुईंतलामा रहेका कक्षामा पढ्ने सबै विद्यार्थीहरुलाई माथिल्लो तलामा सारिएको छ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए। आतंकित जस्तो देखिने उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको थियो ।

Skip This
Skip This
Logo