नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको बुबाको मृत्युको शोकलाई सृजनामा बदल्न आग्रह गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल प्रज्ञा प्रतिष्ठान ४०औं प्राज्ञ सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दे कुलपति राईले शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने भाष्यलाई परिवर्तन गरेर शोकलाई सृजनामा बद्ल्न आग्रह गरेका हुन् ।
उनले भने, 'हामी तीन वटै प्रज्ञा प्रतिष्ठान शोकमा छौं भनिन्छ शोकलाई शक्तिमा बदल्नुपर्छ तर त्यो भाष्यलाई परिवर्तन गर्न चाहन्छु । शोकलाई सृजनामा बद्ल्नु भन्न चाहन्छु शोकको घडीलाई सृजनामा बदल्न आह्वान गर्छु ।
उनले थपे,'अहिलेको राज्यसत्ताले संस्कृतिका आयामहरुलाई ओझेलमा पारेको गुनासो गर्दै मानिसहरुले सिकेको आयामको संस्कृतिको जरा नेपाल प्रज्ञा प्रतिष्ठान,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत नाटक प्रज्ञा प्रतिष्ठन हो तर अहिलेको सरकारले यस क्षेत्रलाई ओझेलमा पारेको छ । राज्यसत्ताले बजेट निर्माणदेखि सबैलाई ओझेल पारेको छ ।'
श्रमबाट पहिलोचोटी मानिसले अभ्यासको क्रममा संस्कृति निर्माण गर्ने भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।





























प्रतिक्रिया