यस वर्षकाे ‘काठमाडौं युथआइकन अवार्ड’ नेपाली व्यावसायिक पब्जी टोली ‘डिआरएस’ गेमिङले पाउने भएको छ ।
प्रत्येक वर्ष युवाले पुर्याएको योगदानलाई सम्मान गर्ने क्रममा प्रदान गरिने साे अवार्ड इ–स्पोर्टबाट नेपाललाई विश्वभर चिनाएका नेपालको व्यावसायिक पब्जी टोली‘डिआरएस’ गेमिङलाई प्रदान गर्ने निणर्य गरेको काठमाडौं युवा सम्मेलनका सल्लाहकार राजु तन्डनले बताए ।
आज काठमाडौंमा आयोजित ‘काठमाडौं युवा सम्मेलन २०२३’को पत्रकार सम्मेलनमा तन्डनले डिआरएसको योगदानको कदर गर्दै सो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए । ‘यो वर्षको काठमाडौं आइकन २०२३ अवार्ड हामीले इ–स्पोर्टबाट नेपाललाई संसारभर चिनाउने ‘डिआरएस’ गेमिङ टिमलाई सम्मान सहित एक लाख रुपैया पुरस्कार दिने घोषणा गरेका छौं ।’
‘काठमाडौं युवा सम्मेलन २०२३’ भदौ नौ गतेबाट काठमाडौंमाआयोजनागर्न लागिएको छ।
कार्यक्रममा काठमाडौं युवा सम्मेलनका आइडिया सल्लाहकारसमेत रहेका तन्डनले देशको ४२ प्रतिशत जनसंख्या रहेका युवाहरु शिक्षादेखि कामको खोजीमा विदेशिने क्रम बढ्दै गएकोले त्यसलाई नेपालमै सम्बोधन गर्ने तथा युवालाई देशको चौतर्फी विकासमा लगाउने हेतुले युवा सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।
तन्डनले भने, ‘गतआर्थिक वर्ष २०८९/८० मा१ लाख १० हजार २१७जनाविद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । देशको आधा जनसंख्याभएको युवायुवतीहरु सबैलाई एउटा मञ्चमाल्याई विभिन्न क्षेत्रका सम्भावनालाई अवसरमा रुपान्तर गरी सफलताप्राप्त गरेका व्यक्तिहरुको ज्ञान, सीप र अनुभवलाई युवावर्गको माझमा साझा गरी युवाहरुलाई देशको चौतर्फि योगदानमा पुर्याउन उत्साहीत र दिशानिर्देश गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’
सम्मेलनले देशका युवा जनशक्तिलाई विदेश जानु भन्दा नेपालमै सम्भावना खोज्न अभिप्रेरित गर्दै नेपालमै उच्चशिक्षाप्रदान गरी देशको आर्थिक विकासमा नेतृत्व दिई स्वरोजगारीका अवसरहरु सृजना गर्ने तथा राष्ट्र सेवामा युवालाई अभिप्रेरित गर्न भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।
उक्त सम्मेलन युनिर्भसल कलेज र फिनिक्स कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा शनिबारबाट इसेवाको मुख्यप्रायोजनामा काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा आयोजना हुँदै छ । सम्मेलनमा १६ देखि २५ वर्ष उमेर समुहका करिव ५ हजार युवा सहभागि रहने आयोजकको अनुमान छ ।





























प्रतिक्रिया