शरणार्थी प्रकरण हेरिरहेका एसएसपी कार्की सरुवाबारे भन्छन्- म पूर्ण सन्तुष्ट छु

शरणार्थी प्रकरण हेरिरहेका एसएसपी कार्की सरुवाबारे भन्छन्- म पूर्ण सन्तुष्ट छु

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले आफ्नो सरुवालाई सामान्य रुपमा लिएको टिप्पणी गरेका छन् । 

परिसरबाट सरुवा भएपछि आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी कार्कीले आफ्नो कार्यकालमा आफूले गरेका कामबाट आफू सन्तुष्ट रहेको बताउँदै सरुवालाई सामान्य रुपमा लिएको बताएका हुन् । 

उनले भने, ‘आवश्यकता अनुसार सरुवा हुन्छ । सरुवा काम गर्नका लागि हो । आफ्नो तोकिएको काम गर्ने हो । मलाई तोकिएको काम मैले यहाँ गरे । अब आउनेले पनि गर्नुहुन्छ । कानूनले तोके बमोजिमको काम गर्ने हो । अर्को ठाउँ गएपनि मेरो काम निरन्तर हुन्छ । सामान्य छ यो कुरा । हाम्रो संगठनले दिएको भूमिका निर्वाह गर्ने हो । त्यसमा म खुसी छु ।’

एसएसपी कार्कीले २०७९ माघ देखि २०८० श्रावण महिनासम्मको कार्यकालमा प्रहरी हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरेको विषयलाई उल्लेख्य कामको रुपमा अर्थ्याए । कैदीहरु आफ्नो शुद्धिकरणको लागि पुस्तकको प्रयोग गर्नसक्ने भन्दै प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटीको हिरासतकक्षमा पुस्तकालयको व्यवस्था गरिएको बताए । 

गृह मन्त्रालयले हालै नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका एसएसपी कार्कीलाई काठमाडौंबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरेकाे थियाे ।  जुन निर्णयको आलोचना पनि भएको थियो । 

Skip This
Skip This
Logo