विद्युत् कार्यालयको आगलागी नियन्त्रणमा

विद्युत् कार्यालयको आगलागी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित नेपाल विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ। 

नेपाल प्रहरी, स्थानीय, वारुणयन्त्रको दुई वटा दमकल तथा एउटा पानी ट्याङ्करको  सहायताले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढङ्गेलले जानकारी दिए। 

वनस्थलीस्थित विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनको चौथो तलामा आगलागी भएको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

Logo