नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको पेशी पनि स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौंको न्यायाधीश प्रकाश पण्डितको इजलासमा आज सो मुद्दा सुनुवाइका लागि पेसीमा चढेको थियो । तर, हेर्न नभ्याइनेमा परेपछि सुनुवाइ नभएको हो । अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ ।
आज पनि मुद्दाको सुनुवाइ सुरु हुन नसकेपछि एसिया कपअघि फैसला आउने सम्भावना कमजोर बनेको छ । आजै उनी एसिया कपका लागि पाकिस्तान जाने बताइएको छ । तर, अब के गर्लान् भन्ने सबै क्रिकेटप्रेमीको चासोको विषय बनेको छ ।
साउन ३२ गतेदेखि निरन्तर सुनुवाई हुने भनिएपनि पीडितकी आमाको समेत दुईवटा जन्मदर्ता देखिएको भन्दै अदालतले उनको जन्ममिति यकिन गर्न आदेश गरेको थियो । त्यसको १० दिनमा मुद्दाको पुनः सनुवाइ हुने भनिए पनि हुन नसकेको हो । सर्वोच्च अदालतले फागुन १५ गते उनको मुद्दा फास्ट ट्र्याकमा टुंगो लगाउन आदेश दिएको थियो । तर, जिल्ला अदालत काठमाडौंमा लगातार सुनुवाइ हुन सकेको छैन ।
एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ, जुन समूहमा नेपालले विश्वका बलिया राष्ट्र पाकिस्तान र भारतसँग भिड्नेछ। पाकिस्तान अहिले विश्वको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।































प्रतिक्रिया