भारतीय गाडीलाई रोक लगाउन सरकार गम्भीर भएनः महासचिव वानिया

भारतीय गाडीलाई रोक लगाउन सरकार गम्भीर भएनः महासचिव वानिया

केन्द्रबिन्दु
0
Shares

नेपाल ट्रक व्यवसायी महासंघका महासचिव बिक्रम बानियाँले भारतीय गाडीहरुमा रोक लगाइनुपर्ने विषयमा सरकार गम्भीर नभएको बताएका छन् । 

काठमाडौंमा सोमबार आयेजित पत्रकार सम्मेलनमा उनले सरकारले ट्रक पार्किङ व्यवस्थापन, निर्धारित भारदर कार्यान्वयन लगायत मागहरु सम्बोधन नगरेको बताए । ‘हामीले सरकारलाई पटक पटक मौखिक र लिखित जानकारी गराउदा समेत कुनै सुनुवाई नगरी दैनिक सयौको संख्यामा मालवाहक सवारी साधनलाई दण्डित गर्ने कार्य रोकिएन’ उनले भने, ‘सरकार निरीह छ ।’

उनले हाल मालबाहक सवारीको क्षेत्रले भोग्नु परेका समस्या, महासंघको आगामी रणनीति लगायत विषयमा महासंघले नेपाल सरकारका सम्बन्धित निकायहरुसँग अनुरोध, छलफल र समन्वय गर्दै विभिन्न समस्या समाधानका लागि काम गर्दै जाने बताए ।
 

Logo