क्रिकेट हेर्न आज जनकपुरका विद्यालय बन्द गरिने

क्रिकेट हेर्न आज जनकपुरका विद्यालय बन्द गरिने

केन्द्रबिन्दु
0
Shares

नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ।

उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेकी छिन्। 

‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला निर्माण,विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’उपमहानगरपालिकाले निर्देशनमा उल्लेख गरिएको छ। 

आज एसिया कपमा भारत-नेपालबिच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ। 

Skip This
Skip This
Logo