व्यवसायी दुर्गा प्रसाईँले, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएको आरोप लगाएका छन् ।
मंगलबार हङकङ जानु अघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले मारवाडीविरुद्ध आफुले अभिव्यक्ति दिएपछि केपि ओलीले आफुलाई पागल भनेको भन्दै उनी पनि मारवाडीको पार्टनर भएको आरोप लगाएका हुन् ।
‘केपी ओली हजुर बुवा मारवाडीका पार्टनर हुन् । नेताहरु सबै मारवाडीका पार्टनर हुन् । केही मारवाडीहरु आईजीपीकोमा पनि गएका थिए रे दुर्गा प्रसाईलाई थुन्नुपर्यो भनेर म हङकङबाट फर्केर आएपछि मैले जानेको छु ।’
उनले प्रत्येकको घर–घरमा जाने चेतावनी दिदैँ मारवाडीसंग मिलेर नेताले देश सकेको आरोप लगाए । ‘ललिता निवास खाने यीनै मारवाडी, देशको अर्थतन्त्र सक्काउने यीनै मारवाडी, सुपारी र रक्तचन्दनको तस्करी गर्ने सबै यीनै मारवाडी हुन् । कालले छोड्ला तर मैले छोड्नेवाल छैन् । ’उनले भने ।





























प्रतिक्रिया