निजामती प्रशासन साध्य होइन, साधन होः मुख्यसचिव अर्याल

निजामती प्रशासन साध्य होइन, साधन होः मुख्यसचिव अर्याल

केन्द्रबिन्दु
0
Shares

सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले निजामती कर्मचारीभित्रका सोच, शैली र तौरतरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

२०औँ निजामती सेवा दिवसका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले एकात्मक ढाँचाको प्रशासनयन्त्रलाई संघीय शासन व्यवस्थाअनुकूल हुने गरी रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन्। त्यसका लागि निजामती कर्मचारीभित्रका सोच, शैली र तौरतरिकामा सुधार गर्नुपर्ने उनले औँल्याए।

मुलुकले अंगीकार गरेको विकास, समृद्धि, सुशासन र दीर्घकालीन लक्ष्यलाई व्यवहारमा उतार्न समग्र निजामती प्रशासन अझ बढी सिर्जनशील र व्यावसायिक हुनुपर्ने खाँचो रहेको उनले बताए।

सुशासनको प्रत्याभूति दिलाउनु निजामतीको प्रारम्भिक अभिभारा भएको उनले उल्लेख गरे। मुख्यसचिव अर्यालले संघीय निजामती सेवा ऐन जारी नहुँदा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको उनले बताए।

Logo