ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश

केन्द्रबिन्दु
0
Shares

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

आइतबार थुनछेक बहस पछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश जारी गरेकाे हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० दिन लगाएर सङ्गठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको थियाे । 

विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको थियाे । 

Logo