मलंगवामा अशान्ति फैलाउन खोजेको भन्दै मुस्लिम आयोगद्वारा गम्भीर चासो प्रकट

मलंगवामा अशान्ति फैलाउन खोजेको भन्दै मुस्लिम आयोगद्वारा गम्भीर चासो प्रकट

केन्द्रबिन्दु
0
Shares

मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । 

आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र समुदायका धार्मिक धरोहरप्रति आक्रमण गरी अशान्ति फैलाउन खोजेको भन्दै गम्भीर चासो प्रकट गरेका हुन् । उनले शान्ति सुरक्षाको व्यवस्था मिलाउन प्रहरी प्रशासनसँग पनि आग्रह गरेका छन् ।

साथै अध्यक्ष अन्सारीले समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म, समुदायहरुले धर्म र आस्थाप्रति सम्मान व्यक्त गर्न र धार्मिक सहिष्णुता बचाइराख्न अपिल गरेका छन् । 

गत शुक्रबार साँझ कृष्ण जन्माष्टमीका मूर्ति सेलाएर फर्किने क्रममा मलङ्गवामा दुई पक्षबीच ढुङ्गा हानाहान तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले हिजो शनिबार साँझ ५ बजेदेखि आज आईतवार बिहान ८ बजेसम्मका लागि कफ्र्य आदेश जारी गरेको थियो । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आजबाट सकिएको छ । यसैबीच व्यक्तिहरुले हिँडडुल गर्न पाउने, बजार पसल खोल्न पाउने तर बिरोध जुलुस, धर्ना, आमसभा लगायतका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

Skip This
Skip This
Logo