त्रिभुवन विमानस्थलबाट १ केजी सुन बरामद

त्रिभुवन विमानस्थलबाट १ केजी सुन बरामद

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट १ केजी सुन बरामद गरेको छ।

काठमाडौँ प्रहरी परिसरको टोलीले मङ्गलबार दिउँसो सुन बरामद गरेको स्रोतले जनाएको छ। सुनसँगै केही व्यक्तिहरू पनि पक्राउ परेको स्रोतको भनाई छ ।

पक्राउ गरिएका आरोपितको नाम प्रहरीले सार्वजनिक गरेको छैन। ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला थप सुन आइरहेको भेटिएको छ।

Logo