जनमत साहित्य डटकमको तीज कविता वाचन कार्यक्रम सम्पन्न

जनमत साहित्य डटकमको तीज कविता वाचन कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

जनमत साहित्य डटकमले हिन्दू नारीहरूकाे महत्त्वपूर्ण चाड तीजको अवसर पारेर कविता वाचन कार्यक्रम आयोजना गरेको छ । 

ठमेलस्थित होटेल रमदामा कवि लक्ष्मी मालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कविता वाचन कार्यक्रममा कवि विमला तुम्खेवा, भावना शर्मा, शकुन्तला जोशी, शान्ति शर्मा, तारा केसी, रेनु अधिकारी मौनता, सरला श्रेष्ठका साथमा विभिन्न क्षेत्रमा आफ्नो कर्म थलो बनाइ रहेका व्यक्तित्वहरूबाट कविता प्रस्तुत गरिएको थियो । 

बाल रोग विशेषज्ञ डा. सिर्जना श्रेष्ठ,कलाकार सुनिता राणा, फेसन डिजाइनर मञ्जु ढकाल, गायिका तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षक कविता शर्मा, मिस वर्ल्ड युनिभर्सिटी २००३ का विजेता तथा सफ्ट स्किलका निर्देशक आयुषा श्रेष्ठ तथा मानव अधिकारकर्मी विद्या श्रेष्ठबाट लेखिएका कविताहरू वाचन गरिएको थियो । 

सधैँ कविहरूको मात्रै कविता सुन्दै आएकोमा अरू क्षेत्रमा आफ्नो पहिचान बनाइ रहेका व्यक्तिहरूले लेखिएका कविताहरू सुन्न पाउँदा फरकपना अनुभव भएको सुनाउँदै लक्ष्मी मालीले तीजमा बौद्धिक रूपमा भेटघाट गर्दै एक अर्काको सिर्जना सुन्न पाउनु कार्यक्रमको विशेषताको रूपमा लिएकाे बताइन् ।

त्यस्तै, जनमत साहित्य डट कमकी सम्पादक सिर्जना दुवालले कार्यक्रम सञ्चालन गर्दै जनमत साहित्य डट कमले विभिन्न अवसर पारेर कार्यक्रमहरू गर्दै आइरहेको र आगामी दिनहरूमा पनि फरक शैलीको कार्यक्रम दिने बताइन् ।

Skip This
Skip This
Logo