मुगुको गमगढीमा आगलागी, ६ घर जलेर नष्ट

मुगुको गमगढीमा आगलागी, ६ घर जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ। आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाका अनुसार आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको छ।आगलागीबाट वडाध्यक्ष पिआर मल्लको घर पनि जलेको छ। पुतली शाही, प्रदीप रावल, सन्त सिलवाल, सान्त्वना खत्री, जंग शाही र सोनाम लामाको घर पूर्ण रूपमा क्षति भएको डिएसपी थापाले जानकारी दिए।

 

उनका अनुसार करिब ११० सुरक्षाकर्मी परिचालन गरी बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको छ। त्यस क्षेत्रमा दमकल नभएका कारण आगो निभाउन खानेपानीको पाइपबाट पानी हालिएको थियो। खानेपानीको पाइपबाट पानी, माटो र बालुवा प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइसकेको छैन। आज बिहानबाट क्षतिको विवरण संकलन भइरहेको डिएसपी थापाले जानकारी दिए।

 

Skip This
Skip This
Logo