ईः र काठमाडौँ महानगरबीच ४ बुँदे सहमति, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारबारे अध्ययन गर्न समिति गठन

ईः र काठमाडौँ महानगरबीच ४ बुँदे सहमति, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारबारे अध्ययन गर्न समिति गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौँ महानगरबीच चार बुँदे सहमति भएको छ। साना सडक व्यवसायीलाई विकल्प सहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको हो। 

उनीहरुबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो। सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा गरेका छन्।फुटपाथ व्यवसायीको हक र अधिकारका लागि अभियन्ता ईः अनवरत १९९ घण्टादेखि काठमाडौँ महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका थिए। 

सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने र अनौपचारिक क्षेत्र मार्फत हुने व्यापारलाई महानगरले व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ।

समितिमा महानगरपालिकाका तर्फबाट तीन जना, अभियन्ताका तर्फबाट दुई जना प्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट एक जना प्रतिनिधि रहने उल्लेख छ।

समितिले २ महिना भित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने छ। यस्तै फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक  उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले  एक हप्ताभित्र पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।  

 

Skip This
Skip This
Logo