बालेनले गरेको काम सबै राम्रो, अरुकाे काम खराब भन्ने भ्रम फैलाइयाे -अध्यक्ष क्षेत्री

बालेनले गरेको काम सबै राम्रो, अरुकाे काम खराब भन्ने भ्रम फैलाइयाे -अध्यक्ष क्षेत्री

केन्द्रबिन्दु
0
Shares

पूर्वअरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले बसपार्क हटाउन अफवाह फैलाउने काम भएको बताएका छन् । उनले यो सन्दर्भमा काठमाडौं महानगरका मेयर बालेन शाहको वाहावाही गर्ने काम भएको पनि बताए। 

शनिबार काठमाडौमा आयोजित पूर्व अरनिको यातायात प्रालिद्वारा निर्मित जडिबुटी बसपार्क संरचना बनाउ अभियानमा अध्यक्ष क्षेत्रीले आफूहरुले नियमविपरीत बनाएको भन्ने आरोप साँचो नभएको बताएका हुन् । ‘बालेन शाहले गरेको काम राम्रो अरु काम खराव होला भन्दै हावादारी कुरा फैलाउने र त्यसकै पछि लाग्नेहरु छन्’ उनले भने, ‘देश नेता, मेयर वा अरु कसैले मात्र हैन हामीले पनि बिगारेका छौं ।’ 

आफूहरु निराश भइरहेको बेलामा सर्वोच्च अदालतले जडिबुटी बसपार्क भत्काउन नमिल्ने भन्दै दिएको आदेश दिएको भन्दै उनले खुसी व्यक्त गरे । उनले भने, ‘अदालतले व्याख्या गरेर भत्काउन हुँदैन भन्दाभन्दै हरेक व्यक्तिले त्यो पनि हैन भन्न पाइन्छ ? यो विवाद हामी सबैले यसका प्रमाणहरु अदालतमा पेश गरिसकेका छौं । व्यक्ति व्यक्तिलाई त पेश गर्न पर्दैन होला । हामीले के बनाएका छौं नियम विपरित ? केही बनाएकै छैन ।’ 

बसपार्क हटाउन पर्छ भन्ने विज्ञहरु आम जनता र मिडियाको बीचमा किन नआएको भन्दै क्षेत्रीले प्रश्न गरे । यो विषयमा निर्णय गर्नेहरु सर्वोच्चको फैसलापछि अनुत्तरित भएको उनको भनाई छ । 

Logo