प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका हुन्। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। उक्त बैठक सञ्चालनका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ले एमालेसँग छलफल गरेका हुन्।

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ। आज दिउँसो १ बजे बोलाइएको संसद बैठकमा विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची रहेको छ।

Logo