शिक्षामन्त्रीलाई सांसद पराजुलीको प्रश्नः विधेयकको कुन दफाले गुणस्तर शिक्षाको खाका कोरेको छ ?

शिक्षामन्त्रीलाई सांसद पराजुलीको प्रश्नः विधेयकको कुन दफाले गुणस्तर शिक्षाको खाका कोरेको छ ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले शिक्षामन्त्री अशोककुमार राईलाई सदनमा प्रस्तुत शिक्षा विधेयकको कुन दफाले गुणस्तरको खाका कोरेको छ भन्दै प्रश्न गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा ऐन, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पराजुलीले शिक्षा ऐन, २०२८ ले कोरेका खाकामा १० औँ पटकसम्म संशोधन गर्दा पनि चाहेको जस्तो नभएकाले यो विधेयक ल्याउनुपरेको बताएका हुन् । 

उनले भने, ‘आज शिक्षा ऐन, २०२८ ले कोरेको खाकामा १० औँ पटकसम्म संशोधन गरेर आजसम्म ल्याएको विद्यालय ऐन हामीले भने जस्तो छैन, आज यहाँले प्रस्तुत गरेको ऐनले त्यो खाका कोर्न सक्नुपथ्र्यो तर म शिक्षामन्त्रीलाई प्रश्न गर्न चाहन्छु यो विधेयकको कुन दफाले त्यो खाका कोरेको छ ?’

सरकारले सदनमा पेस गरेको शिक्षा विधेयकले समग्र रूपमा देशको शिक्षाको सुधार गर्न नसक्ने टिप्पणी सांसद पराजुलीको थियो ।

उनले भने, ‘सरकारले सदनमा पेस गरेको शिक्षा विधेयकले समग्र रूपमा देशको शिक्षाको ‘रिफर्म’ गर्न, शिक्षाको खाका कोर्न र शिक्षाको गुणस्तर बढाउनका लागि विद्यालयको समग्र सुधारका लागि शिक्षकको मान सम्मान र शिक्षकले आठ घण्टा पढाउने मात्र नभएर बाँकी समयमा दिने शिक्षाको बारेमा कसरी सुधार गर्ने भनेर सोच्नेगरी खाका तयार हुनुपथ्र्यो भएन ।’

Skip This
Skip This
Logo