इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित, नेपालद्वारा पक्षमा मतदान

इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित, नेपालद्वारा पक्षमा मतदान

केन्द्रबिन्दु
0
Shares

इजरायल र हमासबीच जारी युद्ध २२ औँ दिनमा पुगेको छ। संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ।

यो प्रस्तावको पक्षमा नेपाल सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए। भारतसहित ४५ देशले मतदान गरेनन्। इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गरेकाे छ। 

न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताए।उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ। स्थलगत परिचालन पनि बढाइएको छ। 

यसैबिच, सेनालाई उद्धृत गर्दै इजरायली मिडिया क्यानले हमासको बन्दीमा २ सयभन्दा बढी बन्धक रहेको बताएको छ। जसमध्ये ३० जना बालबालिका रहेका छन्।

F9eI7BYWAAAy7nT

Skip This
Skip This
Logo