लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुममा पठाएको छ।
जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट पठाएको हो।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा लुम्बिनीवाट चिकित्सक र औषधिसहितको टोली जाजरकोट प्रस्थान गरिसकेकाे मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपालप्रसाद शर्माले बताए ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तत्काल स्वास्थ्यकर्मीको बढी आवश्यक परेको भन्दै सहयोगका लागि आग्रह गरे पछि सो टोली जाजरकोट पठाइएको हो।
जसअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुमका लागि प्रस्थान गरेका छन्। सो टोलीमा सरकारका प्रतिनिधि, उद्धारका लागि आवश्यक पर्ने सुरक्षाकर्मीसहितको विशेषज्ञ टोली पनि जाजरकोट गएका छन् ।





























प्रतिक्रिया