जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन।
गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो। शुक्रबार राति ११ः४७ बजेको भूकम्पपछि ४.० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि त्यसको परकम्प जानेक्रम रोकिएको छैन। त्यसयता रामिडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ। केन्द्रका अनुसार आज बिहान सात ५४ बजेसम्म ४३९ वटा परकम्प गइसकेको छ।































प्रतिक्रिया