काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ ।
लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो । इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको छ भने अर्काे पेसी २४ मंसिरलाई तोकिएको छ ।
सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भने पनि काठमाडौँ अदालतले मुद्दालाई चाँडो टुंगो लगाउनेगरी अघि बढाउन सकेको छैन । यसअघि असोज महिनामा तीनपटक सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको थियो।































प्रतिक्रिया