२४ घण्टाभित्र सम्बन्धित् दरबन्दीमा रवाना हुन प्रहरी प्रधान कार्यालयको उर्दी

२४ घण्टाभित्र सम्बन्धित् दरबन्दीमा रवाना हुन प्रहरी प्रधान कार्यालयको उर्दी

केन्द्रबिन्दु
0
Shares

प्रहरी प्रधान कार्यालयले विभिन्न दर्जाका कर्मचारीहरुलाई २४ घण्टाभित्र सम्बन्धित् दरबन्दीमा रवाना हुन निर्देशन दिएको छ। 

नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका विभिन्न दर्जाका कर्मचारीहरुलाई २४ घण्टाभित्र सम्बन्धित् दरबन्दीमा रवाना नभए कारबाही गर्ने चेतवानी दिएको हाे। 

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन पत्राचार गरेको हो। 

रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने जनाएकाे छ।

Skip This
Skip This
Logo