प्रहरीको हिरासतकक्षमा पुस्तकालय

प्रहरीको हिरासतकक्षमा पुस्तकालय

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रहरी कार्यालय महोत्तरीले ‘हिरासतमा पुस्तकालय’ कार्यक्रम सुरु गरेको छ। विभिन्न किसिमका फौजदारी अभियोग लागि कानूनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले उक्त कार्यक्रम सुरु भएको हो।

मंगलबारदेखि सुरु भएको हिरासतमा पुस्तकालय कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उद्घाटन गरे। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बिच २०८० श्रावण २९ गते भएको कार्य सम्पादन सम्झौताको बुदां नं. २५ अनुसार हिरासतमा पुस्तकालय कार्यक्रमको प्रारम्भ भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार जलेश्वर नगरपालिका वडा नं. २ र ६ का वडा अध्यक्षहरूले पुस्तक र दराज सहयोग गरेका हुन्। अहिले ३ सय ९७ वटा पुस्तक रहेको पुस्तकालयमा ४ सय ५० सम्म पुस्तक पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

मल्लका अनुसार पुस्तकालयमा प्रेरणादायी पुस्तकहरू राखिएका छन्। उनले भने, थुनुवाहरूले अन्यलाई डिस्ट्रब नहुने गरी पढ्न पाउनु हुन्छ। अहिलेलाई राति १० बजेपछि पढ्न पाइँदैन। पढ्ने समय पनि निर्धारण गर्नेछौँ।’ अहिले हिरासतमा ५० जना थुनुवा रहेका छन्।

Skip This
Skip This
Logo