प्रेस चौतारीको केन्द्रिय समिति बैठक आजबाट सुरु हुँदैछ।
दार्चुलामा आजदेखी सुरु हुने बैठकको व्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको चौतारीले जनाएको छ। सदरमुकाम खलंगामा हुने उक्त सम्मेलनमा सहभागी हुनका लागि देशैभरीबाट चाैतारीका केन्द्रीय सदस्य पुगिसकेका छन्।
नेकपा एमाले निकट चौतारीले पार्टीको आगामी १४ गतेबाट हुने मध्य पहाडी लोकमार्ग पदयात्रालाई लक्ष्यमा राखेर दार्चुलामा केन्द्रिय समिति बैठक बोलाएको हो। सो पदयात्रा दार्चुलाको झुलाघाटबाट सुरु हुँदैछ।
प्रतिक्रिया