नेपाल स्काउटको निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय प्रतिनिधि बोलाईने

नेपाल स्काउटको निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय प्रतिनिधि बोलाईने


१२ वर्षपछि हुन लागेको नेपाल स्काउटको स्थानिय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन पर्यवेक्षणका लागी अन्तर्राष्ट्रिय प्रतिनिधि बोलाईने नेपाल स्काउटले जनाएको छ । 

लामो समयको संक्रमणपछि हुन गईरहेको निर्वाचनलाई पारदर्शी र व्यवस्थित बनाउन विश्व स्काउट संगठन ओजम र वाग्सका प्रतिनिधिहरुलाई पर्यवेक्षणका लागि आधिकारिक निमन्त्रणा पठाईसकेको नेपाल स्काउट राष्ट्रिय प्रधानकार्यालयले जानकारी गराएको हो । 

नेपाल स्काउटको स्थानिय परिषद्हरुको निर्वाचन आगामी मिति २०८० पौष २७ देखि २९ सम्म तथा नेपाल स्काउटको प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी मिति २०८० माघ ०६ गते शनिबारका दिन गर्ने गरि तोकिएको छ । 

२०६८ सालमा निर्वाचन भएयता स्काउटमा निर्वाचन हुनसकेको छैन । वि.सं २०७० सालमा तत्कालिन प्रमुख आयुक्तले राजिनामा दिएपछि, नेपाल स्काउट तदर्थ समितिको भरमा चल्दै आइरहेको छ । 

बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाको क्षेत्रमा सात दशक देखि काम गर्दै आइरहेको नेपाल स्काउटमा,  स्काउट ऐन २०५० अनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन हुने व्यवस्था भएपनि राजनीतिक हस्तक्षेपका कारण स्काउट जस्तो विशुद्ध परोपकारी र सामाजसेवी भावना बोकेको संस्थामा १२ बर्षसम्म निर्वाचन हुन सकेको छैन । 

हाल नेपाल स्काउटमा लोक बहादुर भण्डारी नेतृत्वको पाँच सदस्यीय तदर्थ समिति रहेको छ । समितिले गत मंसिर ०८ गते सुचना जारी गर्दै नेपाल स्काउटको तिनै तहको निर्वाचन मिति तोकेको हो ।
 

Logo