टिकटक सम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

टिकटक सम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

केन्द्रबिन्दु
0
Shares

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ। न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो। 

न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र कारण देखाउ आदेश जारी आजका लागि पेसी तोकेको थियो। अदालतले उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ माग गरी यही मङ्सिर १९ गते सुनुवाइका लागि पेसी तोक्ने आदेश गरेको थियो।

टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेकाे थिए। सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

Skip This
Skip This
Logo