६१ लाखको लागतमा वडा कार्यालय निर्माण

६१ लाखको लागतमा वडा कार्यालय निर्माण

केन्द्रबिन्दु
0
Shares

म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ। दुई चरणमा ६१ लाखको लागतमा भवन निर्माण गरिएको वडाध्यक्ष अशोक खत्रीले बताए। 

चार कोठे भवन बनाउन टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा उपलब्ध गराएका थिए। यसअघि साविक ताकम गाविस कार्यालयको भवन रहेको ठाउँमा थप जग्गा व्यवस्थापन गरेर वडा कार्यालयको नयाँ भवन बनाइएको हो।

यसैगरी,ताकम, मल्कवाङ र लुलाङमा वडा कार्यालय, गुर्जा र मुनामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ। घट्टेखोलामा गाउँपालिकाको प्रशासकीय, मराङमा वडा कार्यालय र मुदीमा स्वास्थ्य चौकीको भवन निर्माणाधीन रहेको वडाध्यक्ष खत्रीले बताए।

Logo