उच्च अदालत र इजलासमा स्वचालित पेशी व्यवस्थापन सुरु

उच्च अदालत र इजलासमा स्वचालित पेशी व्यवस्थापन सुरु

केन्द्रबिन्दु
0
Shares

सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ। पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले यसको शुभारम्भ गरेका हुन्। 

यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो। तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसङ्गति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो।

प्रधान न्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रूपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए। त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरूमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए ।

Logo