आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको विभिन्न स्थानमा शनिबार साढे ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार साँखु फिडरअन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिंह पौवा, नांगलेभरे क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो।

११ केभी मुलपानी सब-स्टेशन मर्मतका लागि साँखु फिडर सटडाउ गर्नुपर्ने भएकाले ती क्षेत्रमा चार घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

Skip This
Skip This
Logo