ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ।
पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्ण भएको उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ।
मुद्दा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन्। भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन्।































प्रतिक्रिया