रोटरी क्लब अफ यलले हाम्रो माटोघर, ई-आर्दस नेपाल र चिवा चैत्यसँग मिलेर यही पुष १७ गते मंगलबार हरिसिद्धिमा हरिसिद्धि कला मेला आयोजना गर्ने भएको छ ।
हरिसिद्धि कला मेलामा २२ समकालीन कलाकारहरुको ५० भन्दा बढी कलाकृति, स्थानीय विद्यालयको म्युजिक ब्याण्ड, तीन स्थानीय विद्यालयका लागि आर्ट वर्कसप, नेवारी खानाका स्वादिलो खानेकुरालगायत स्थानीय उत्पादनका स्टलहरू समावेश हुनेछन्।
मेलाको उद्घाटन हरिसिद्धिका जेष्ठ नारी र जेष्ठ पुरुषबाट हुनेछ ।
हरिसिद्धि कला मेला ललितपुर महानगरपालिकाको २८ र २९ वडा कार्यालयहरु, स्थानीय कलाकारहरु र सामुदायिक अगुवाहरु साथै हरिसिद्धिका विद्यालयहरुको ठूलो सहयोग र स्वामित्वमा आयोजना गरिएको हो।































प्रतिक्रिया