त्रिविको उपकुलपतिका लागि आवेदन माग

त्रिविको उपकुलपतिका लागि आवेदन माग

केन्द्रबिन्दु
0
Shares

सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग गरेको छ।  उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले योग्यता पुगेका उम्मेदवारहरूबाट दश दिनभित्र आवेदन माग गरेको हो। 

राजनीतिक भागबण्डा गरेर विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न लागेको भन्दै चौतर्फी विरोध भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा रहेको सिफारिस समितिले आवेदन मागेको हो। 

समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठन सिफारिस समितिबाट स्वीकृत त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० का आधारमा उम्मेदवार छनोट तथा सिफारिस गर्नेछ। 

समितिले आवेदन दिने उम्मेदवारहरूबाट तीन हजार शब्दको विश्वविद्यालय सम्बन्धी सोचपत्र र पाँच हजार शब्दको चार वर्षे व्यवसायिक कार्ययोजनासमेत माग गरेको छ। तत्कालिन उपकुलपतिको कार्यकाल सकिएपछि गएको १७ कात्तिकदेखि त्रिभुवन विश्वविद्यालय निमित्तको भरमा सञ्चालित छ।

Skip This
Skip This
Logo