कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश लोकसेवा आयोगले विभिन्न २४ पदका लागि दरखास्त आह्वान गरेको छ। 

आयोगले आज एक सूचना जारी गर्दै प्रशासन र लेखामा गरेर खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ। आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ पदका लागि दरखास्त आह्वान गरेको हो।

आयोगले कर्णालीका विभिन्न स्थानीय तहमा रिक्त पदहरूका लागि यो दरखास्त आह्वान गरेको हो। परीक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता र परीक्षा केन्द्र वीरेन्द्रनगर, सुर्खेत तोकेको छ। न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ।

Logo