बागमती प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

बागमती प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

केन्द्रबिन्दु
0
Shares

प्रदेश लोकसेवा आयोग बागमती प्रदेश हेटौँडाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

आयोगको हेटौँडास्थित कार्यालयले आज एक सूचना जारी गर्दै प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो।

बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको सूचनामा उल्लेख छ।

विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ। योग्यता पुगेका उम्मेदवारहरूले माघ २८ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

हेर्नुस् सूचना :

Skip This
Skip This
Logo