उपनिर्वाचन: वैशाख १३ र १४ गते सम्बन्धित क्षेत्रका विद्यालयमा बिदा हुने

उपनिर्वाचन: वैशाख १३ र १४ गते सम्बन्धित क्षेत्रका विद्यालयमा बिदा हुने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रका विद्यालयमा वैशाख १३ र १४ गते बिदाको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

बैशाख १५ गते उपनिर्वाचन रहेपनि सो दिन शनिबार परेको हुँदा वैशाख १३ र १४ गते इलाम र बझाङका केही विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन आग्रह गर्ने भएको छ।

उपनिर्वाचन इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को ‘क’मा हुँदैछ।

उपनिर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयको उपयोग गर्नुपरेका कारण आयोगले उक्त आग्रह गरेको जनाएको छ।

Logo