पक्राउ परेका एन्फा उपाध्यक्ष लामाले अदालतमा दिएको बयानमा के थियो?

पक्राउ परेका एन्फा उपाध्यक्ष लामाले अदालतमा दिएको बयानमा के थियो?

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । लागू औषध –खैरो हिरोइन मुद्दामा दोषी ठहर भइ फरार सूचीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई प्रहरीले आज पक्राउ गरेको छ।

झण्डै १७ वर्षअघि २०६१ साउन ८ गते ५ ग्राम ब्राउन सुगरसहित काठमाडौंको बालाजुबाट पक्राउ परेका दावा त्यसको एक महिनापछि पूर्पक्षका लागि कारागार चलान भएका थिए।

पछि २०६२ जेठ १० गते जिल्ला अदालतले लामालाई ६ महिना मात्र कैद सजाय गरेपछि उनी छुटेका थिए। फैसलाहुँदा उनी झन्डै १० महिना जेल बसिसकेका थिए।

तर, जिल्ला सरकारी वकिल कार्यालय अदालतको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेको थियो।

२०६४ जेठ २० गते पुनरावेदन अदालत पाटनका न्यायधीशद्धय अलि अकवर मिकरानी र जनार्दन बहादुर खड्काको इजलासले दावालाई ५ वर्ष जेल सजाय सुनाएको भएपनि उनी पक्राउ पर्न सकेका थिएनन्।

यस्तो छ दावाले अदालतसमक्ष गरेको बयानको सारांश
म बाट लागू औषध वरामद भएको होइन मेरो साथी नविन लामा वनस्थलीमा खाजा खान गएको थिएँ।

निजसँग लागू औषध खैरो हेरोईनको प्याकेट रहेछ। उक्त कुरा थाहा पाई प्रहरी त्यहाँ आई निजलाई पक्राउ गरी लागू औषध बरामद गरी निजलाई कुटपिट गरि छाडी दिए र मलाई समाते। प्रहरी समक्ष गरेको बयान मेरो होइन।

जबरजस्ती झुठा व्यहोरा लेखिएको कागजमा सहीछाप गराएका हुन्। मलाई पढ्नसमेत दिइएन। लागू औषध कारोबारमा मेरो कुनै संलग्नता नै नभएको हुँदा मलाई सजाय हुनु पर्ने होइन।

Logo