तीन सहसचिवको बढुवा, मानव अधिकारमा खरेल नियुक्त

तीन सहसचिवको बढुवा, मानव अधिकारमा खरेल नियुक्त

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सहसचिवको बढुवा गर्ने निर्णय गरेको छ।

बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ रिक्त एक सचिव (उपमहालेखापरीक्षक)मा वैकुण्ठबहादुर अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

यस्तै, राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनीहरूलाई लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको थियो।

Skip This
Skip This
Logo