युद्धग्रस्त देशहरुलाई सहायता गर्ने प्रस्ताव अमेरिकी संसद्बाट पारित, युक्रेनलाई ६१ विलियन सहयोग

युद्धग्रस्त देशहरुलाई सहायता गर्ने प्रस्ताव अमेरिकी संसद्बाट पारित, युक्रेनलाई ६१ विलियन सहयोग

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । युद्धग्रस्त देशहरूलाई सहायता प्रदान गर्नेसम्बन्धी प्रस्ताव अमेरिकी संसद्बाट पारित भएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेन, इजरायल र अन्य युद्धग्रस्त देशहरूका लागि सहायता प्याकेजसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो ।

संसद्ले युक्रेनलाई ६१ बिलियन डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । त्यस्तै, संसद्ले इजरायल र अन्य देशहरूका लागि समेत सहायता प्याकेज पारित गरेको समाचार संस्थाहरूले जनाएका छन् । राष्ट्रपति जो बाइडेनले सार्वजनिक अपिल गरेको दुई दिनपछि अमेरिकी संसद्को तल्लो सदनले मानवीय सहायता प्याकेज पारित गरेको हो । सदनले युद्धग्रस्त गाजा र इजरायलका मानिसहरूलाई सहयोग गर्न २६ अर्ब डलरको प्याकेज स्वीकृत गरेको छ ।

Logo