प्रहरी महानिरीक्षक कुँवर फ्रान्स उडे

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स उडे

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गरेका छन्। इन्टरपोलको महासचिवालयको आयोजनामा लियोनमा हुन लागेको १९ औँ हेड अफ एनसीबी कन्फरेन्समा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। महानिरीक्षक कुँवर नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालको प्रमुखकारुपमा सो सम्मेलनमा सहभागी हुँदैछन्।

महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकाललगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुभकामनासहित विदाई गरेका हुन्। हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा ट्रान्सनेशनल संगठित अपराधका विषयमा छलफल हुने जनाइएको छ।

सम्मेलनमा इन्टरपोलका सबै सदस्य राष्ट्रहरु अर्थात् १९६ वटै देशका एनसीबीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहनेछ।

सो क्रममा महानिरीक्षक कुँवरले भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरुसँग द्विपक्षीय बैठक समेत राखिएको छ।

नेपाली मितिअनुसार वैशाख ११ देखि १३ गतेसम्म फ्रान्सको लियोनमा हुने सम्मेलनमा महानिरीक्षक कुँवरसहित नेपालबाट प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेत सहभागी हुँदैछन्। प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।

Logo