हमासको नियन्त्रणमा रहेका जोशीको रिहाईका लागि कतारका अमिरसँग आग्रह

हमासको नियन्त्रणमा रहेका जोशीको रिहाईका लागि कतारका अमिरसँग आग्रह

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि हमासकै नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्दिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिरसँग आग्रह गरेका छन्।

मंगलबार राष्ट्रपति पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्तामा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि कतारका अमिरसँग आग्रह गरेका हुन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलअनुसार राष्ट्रपति पौडेलले जोशीको रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए। सो क्रममा कतारका अमिरले कतारले पहल गरिरहेको जानकारी दिएका छन्।

गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परेर जोशी हमास समूहको नियन्त्रणमा रहेका छन्।

Logo