सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयप्रति भारतको असन्तृष्टि

सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयप्रति भारतको असन्तृष्टि

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । मन्त्रिपरिषद्को एक सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णप्रति भारतले असन्तृष्टि जनाएको छ।

शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा उक्त निर्णय गरेको भन्दै असन्तृष्टि जनाएको छन्।

भारतीय सञ्चारमाध्यका अनुसार उनले भने, ‘मैले त्यो रिपोर्ट देखेँ। यसलाई मैले विस्तृत रूपमा हेरिनँ। मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ। नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ। यसको बीचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन्। तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन।”

Logo