आफ्नो प्रेमीलाई बारम्बार म्यासेज गर्दा सम्बन्ध बिग्रिने चान्स बढी

आफ्नो प्रेमीलाई बारम्बार म्यासेज गर्दा सम्बन्ध बिग्रिने चान्स बढी

केन्द्रबिन्दु
2.2k
Shares

काठमाडौं । तपाईंको पार्टनर (प्रेमी वा प्रेमिका) सँगको सम्बन्ध नयाँ छ भने बारम्बार म्यासेज गर्दा सम्बन्ध बिग्रिने चान्स बढी हुने देखिएको छ । सम्बन्ध विज्ञहरूका अनुसार आफ्नो पार्टनरलाई लगातार म्यासेज गर्दा उसलाई सम्बन्धमा फसेको महसुस गराउन सक्छ । जसले दिगो नबनाई केही महिना वा वर्षभित्रै प्राय धेरैको सम्बन्ध बिग्रेको पाइन्छ ।

जब एक जोडी प्रेममा पर्छन् । त्यस पश्चात् तिनीहरू आफ्नो प्रेमीप्रति धेरै आकर्षित हुन्छन् । सुरुमा महिला र पुरुष दुवैले समय समयमा एक अर्काप्रति आफ्नो प्रेम व्यक्त गरिरहन्छन् । तर, प्रारम्भिक सम्बन्धमा केही सावधानी पनि चाहिन्छ ।
यदि तपाईंले प्रारम्भिक चरणमै रोमान्सका सन्देशहरू पार्टनरलाई लगातार पठाउने वा त्यस्ता म्यासेज पढाउने सोचमा हुनुहुन्छ भने त्यो तपाईंको लागि खतरा हुन सक्छ । र, तपाईंप्रति उसको नजर खराब हुनसक्छ । विज्ञहरूले प्रेम खोज्ने वा सम्बन्ध कायम राख्न चाहनेहरूलाई उनीहरूको प्रारम्भिक प्रेममा सावधान रहन सल्लाह दिन्छन् ।

नयाँ सम्बन्ध जोगाउन के गर्ने ?

डेटिङको मतलब यो होइन कि अर्को व्यक्ति तपाईंसँग सधैं उपलब्ध हुनेछ । डेटिङ दुई व्यक्तिको इच्छासँग सम्बन्धित छ । त्यसैले आफ्नो खुशी र चाहनाको लागि कसैलाई लगातार टेक्स्ट गर्नु ठिक होइन । आफ्नो पार्टनरलाई बिना सोचाइ टेक्स्ट गर्नबाट जोगिनु पनि पर्छ । किनभने अक्सर यस्तो हुन्छ कि यस्तो अवस्थामा तपाईंको दिमागमा आफ्नो पार्टनरलाई म्यासेज गरेर अपडेट गरिरहनु पर्छ भन्ने लगायतका विचार आउँछ ।

आफ्नो पार्टनरलाई निरन्तर सन्देश दिनु, म्यासेज गरेर हैरान बनाउनु भनेको त्यो व्यक्तिलाई नियन्त्रण गर्नु जस्तै हो । सन्देशहरू पठाएर स्थिति नियन्त्रण गर्न प्रयास गर्न रोक्नुहोस् । निःसन्देह, तपाईं चिन्तित हुन सक्नुहुन्छ वा तपाईंको पार्टनर हराएको हुनसक्छ । तर, तपाईंको बारम्बार सन्देशले तपाईंको पार्टनरलाई रिस उठाउन सक्छ ।

त्यसैले सम्बन्ध बलियो बनाउन प्रेम र सम्झना दुवैलाई सन्तुलित ढंगले व्यक्त गर्नु राम्रो हुन्छ । यदि तपाईंको पार्टनरले लामो समयसम्म तपाईंको सन्देशको जवाफ दिँदैन भने, तुरुन्तै यसको आक्राेश नजनाउनुहाेस् । धेरै व्यक्तिहरू टेक्स्टिङमा राम्रो हुँदैनन् र उनीहरूले जवाफ दिन लामो समय लिन्छन् । यस्तो अवस्थामा तपाईंले धैर्य राख्नुपर्छ र लगातार म्यासेज गरिरहनु हुँदैन ।

यो पनि हुन सक्छ कि तपाईंको पार्टनर तुरुन्तै प्रतिक्रिया दिन सक्षम नहुन सक्छ । ऊ कुनै काममा व्यस्त हुनसक्छ, त्यसैले उसको तालिकालाई ध्यानमा राखेर सन्देशहरू पठाउनुहोस् । यदि तपाईंको सन्देश जरुरी छ भने सन्देश पठाउनुको सट्टा तिनीहरूलाई कल गर्ने विचार गर्नुहोस् । यस तरिकाले तिनीहरूले महसुस गर्नेछन् र यो मान्छे मेरो लागि खास छ भनेर तपाईंलाई बेवास्ता पनि गर्दैनन् ।

उसले मलाई म्यासेज नगरेर के भयो ? ऊ कहाँ छ ? उनको जवाफ आएन । दुई दिनदेखि उहाँसँग मेरो कुनै सम्पर्क छैन । मैले उनीलाई मेरो सम्झना गराउनुपर्छ भन्ने सोच आउन थाल्यो भने तपाईं कुनै न कुनै तरिकाले परिस्थितिलाई नियन्त्रण गर्ने प्रयास गर्दै हुनुहुन्छ । जुन गर्नु सही कुरा होइन । -एजेन्सी सहयोगमा

Logo